वनस्पति अनुसन्धान केन्द्र¸इलाम नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्य लिई वि.सं. १९९४ मा वनस्पति फाँटको रुपमा थालनी भई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा प्रवर्द्धन गर्ने मूल उद्देश्य लिई वनस्पति विभागको स्थापना भएको हो । विभागले लिएको उद्देश्य र लक्ष्यलाई हासिल गर्न वि.सं. २०४० सालमा इलाम जिल्लाको माइपोखरीमा करिब २०० हे क्षेत्रफलमा माइपोखरी वनस्पति उद्यानको स्थापना भएको हो । वि.सं. २०५६ सालमा वनस्पति विभागको सांगठनिक पुनसंरचना भई जिल्ला वनस्पति कार्यालय, स्थापना भइ माइपोखरी वनस्पति उद्यान यसै कार्यालय मातहत रहेको थियो । वि.सं. २०७५ मा भएको सांगठनिक पुनसंरचना अनुसार जिल्ला वनस्पति कार्यालयको नाम परिमार्जन भई वनस्पति अनुसन्धान केन्द्र इलाम भएको छ र माइपोखरी वनस्पति उद्यान समेत यसै अनुसन्धान केन्द्र अन्तर्गत रहेको छ । वनस्पति अनुसन्धान केन्द्र, इलाम अन्तर्गत रहेको माइपोखरी वनस्पति उद्यान सन्दकपुर गाउ पालिका वडा नं १¸माइपोखरीमा अवस्थित छ । यस उद्यानको पुर्वमा माईपोखरी हुँदै माईमझुवा जाने बाटो¸…
पुरा पढ्नुहोस